Connect with us
Kapilvast Forest

मामा ,माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा

२०८२, २६ असार बिहीबारमा प्रकाशित

काभ्रेपलाञ्चोक-

सिन्धुलीमा आफ्नै मामामाइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।दुधौली नगरपालिका(१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएको आरोप छ । थापाको घर उदयपुरको कटारी हो ।

थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले दाङको लमही नगरपालिका(९ जलकुण्डीबाट पक्राउ गरेको हो । हत्यापछि विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गत असार २३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।सुवेदीका अनुसार प्रहरीको निरन्तर अनुसन्धानपश्चात् घटनामा संलग्न भनिएका प्रतिवादी थापालाई लुकिछिपि बस्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । ‘यो हत्या प्रकरण सिन्धुली प्रहरीको लागि मात्र होइन, सम्पूर्ण प्रहरी संगठनका लागि चुनौतीपूर्ण अनुसन्धान थिय’, उनले अघि भने, ‘फरार अभियुक्तलाई २२ वर्षपछि पक्राउ गर्न सफल हुनु हाम्रो लागि ठूलो उपलब्धि हो। अब पीडित परिवारले न्याय पाउने मार्ग खुलेको छ।’

कार्की दम्पती थापाका कान्छो मामामाइजू हहुन् । घटनापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए ।मामा भान्जाबीचको आर्थिक लेनदेनको विषयले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । थापा केही वर्ष विदेशमा बसेर आएका थिए । मामा भान्जाबीचमा जग्गा किन्ने विषयमा आर्थिक लेनदेन भएको थियो तर पछि मामाले जग्गा पास गर्न नमानेपछि हत्या भएको प्रहरीको भनाइ छ ।अभियुक्त थापालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu