Connect with us
Kapilvast Forest

भोटेकोशी-बाढी : थप दुईजनाको शव फेला

२०८२, २७ असार शुक्रबारमा प्रकाशित

काठमाडौँ –

गत मंगलबार मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकामध्ये थप दुईजनाको शव फेला परेको छ।चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका-७ स्थित व्यारेज पुलमा ती शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

अन्यको खोजी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा जारी राखेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

असार २४ गते मध्यरातमा आएको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए। यसअघि ६ जनाको शव फेला परेको थियो भने पाँच वटा मानव अङ्ग भेटिएको थियो। थापाका अनुसार फेला परेकोमध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ। बाँकी शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu