Connect with us
Kapilvast Forest

कपिलवस्तुका ६ पालिकाले सार्वजनिक गरे सन्तोषजनक बित्तीय प्रगती

२०८२, २८ असार शनिबारमा प्रकाशित

भुपाल थापा तौलिहवा कपिलवस्तु –
कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८१/८२ सालको निर्दिष्ट बजेटको कार्यान्वयनका लागि ६ स्थानीय पालिकाले सन्तोषजनक बित्तीय प्रगति हासिल गरेको पाइएको छ । जिल्लाका बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, महाराजगंज नगरपालिका, शिवराज नगरपालिका, बिजयनगर गाउँपालिका र शुद्धोधन गाउँपालिकाले सन्तोषजनक वित्तीय प्रगती हासिल गरेका छन् ।

चालु आर्थिक वर्षमा बाणगंगा नगरपालिकाले सामाजिक सुरक्षा बाहेकको कुल १ अर्व ३० करोड बजेट विनियोजन गरेको थियो । जसमा १ अर्व ७ करोड ७८ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । कुल बजेटको ८२ दशमलव ९१ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बनाउनुभयो । त्यसैगरी चालु आर्थिक वर्षमा पूँजीगततर्फ ७८ दशमलव ८० प्रतिशत र चालु खर्चतर्फ नगरपालिकाले ८७.०२ प्रतिशत रुपैयाँ खर्च भएको छ ।
यस्तै, शिवराज नगरपालिकाले ८७ दशमलव ३९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कुल १ अर्व २७ करोड ८९ लाख २८ हजार ५२६ रुपैंया मध्ये १ अर्ब ११ करोड ७७ लाख २९ हजार ३०५ रुपैया खर्च भएको जनाइएको छ । चालु खर्चतर्फ विनियोजित बजेट ६५ करोड ९६ लाख ३९ हजार ९२६ रुपैया मध्ये ५८ करोड ९४ लाख ९७ हजार १३९ रुपैया खर्च भएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा चालुतर्फ ८९ दशमलव ३६ प्रतिशत प्रगती हासिल गरिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जनाउनुभयो ।
शिवराज नगरपालिकाको पुजिगत तर्फ विनियोजित बजेट ३२ करोड २३ लाख ८८ हजार मध्ये २३ करोड २८ लाख १० हजार अर्थात ७२ दशमलब २१ प्रतिशत खर्च भएको लेखा अधिकृत रामचन्द्र मरासिनीले जनाउनुभयो । यस्तै, सामाजिक सुरक्षा तथा अन्य तर्फ २९ करोड ६९ लाख बिनियोजन बजेट मध्ये २९ करोड ५४ लाख २१ लाख अर्थात ९९ दशमलब ५० प्रतिशत खर्च भएको जनाइएको छ ।
उता, चालु आर्थिक वर्षमा महाराजगंज नगरपालिकाले ८० दशमलव ८२ प्रतिशत बित्तीय प्रगति हासिल गरेको छ । जस्मा पूँजीगततर्फ ७८ दशमलव ५८ प्रतिशत र चालु खर्चतर्फ नगरपालिकाले ८२.८२ प्रतिशत रुपैयाँ खर्च भएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले बताउनुभयो ।
यसैगरि, बुद्धभूमि नगरपालिकाले ७७ दशमलव ९० प्रतिशत बित्तीय प्रगति हासिल गरेको छ । कुल ९६ करोड २३ लाख ४ हजार मध्ये ७४ करोड ९६ लाख ८३ हजार बजेट खर्च गर्न सफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले बताउनुभयो । चालू खर्च तर्फ ६२ करोड ८६ लाख ८९ हजार मध्ये ५१ करोड ४२ लाख ५ हजार खर्च भएको छ । समग्रमा चालु तर्फ ८१ दशमलब ७९ प्रतिशत बित्तिय प्रगति हासिल गरिएको उहाले बताउनुभयो । यस्तै, पूँजीगत तर्फ विनियोजित ३३ करोड ३६ लाख १४ हजार मध्ये २३ करोड ५४ लाख ७७ हजार अर्थात ७० दशमलव ५८ प्रतिशत बित्तीय प्रगति हासिल गरिएको नगरपालिकाले जनाएको छ । पेश भएको वित्तीय प्रगति प्रतिवेदनमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा हुने अन्तरसरकारी अख्तियारीतर्फको रकम समावेश नभएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभएको छ ।
यसैगरि, विजयगनर गाउँपालिकाले वास्तविक आयको आधारमा ९३ दशमलव १२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन गरिएको बजेट ६५ करोड ६८ लाख ८८ हजार मध्ये बास्तविक आय ५७ करोड ६६ लाख ५३ हजार ८६४ रुपैया र बास्तविक खर्च ५३ करोड ७० लाख २७ हजार ५७८ रुपैया रहेको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभएको छ । समयमा नै योजना तथा कार्यक्रमहरु सम्पन्न गरी सहयोग गर्नुहुने जनप्रतिनिधि, निर्माण व्यवसायी, उपभोक्ता समिति, शाखा प्रमुख, कर्मचारीहरु, वडा कार्यालय तथा सरोकारवाला सबैमा गाउँपालिकाले आभार प्रकट गरेको छ ।
यसैगरि, शुद्धोधन गाउँपालिकाले वित्तीय प्रगति ७८ दशमलव १२ प्रतिशत हासिल गरेको छ । बिनियोजित बजेट ५३ करोड ८६ लाख ८५ हजार २९० मध्ये ४२ करोड ८ लाख २४ हजार ७३० रुपैया अर्थात ७८ दशमलव १२ प्रतिशत बित्तीय प्रगति हासिल गरेको हो । चालुतर्फ विनियोजित बजेट ३६ करोड १५ लाखमा ३० करोड ३ लाख खर्च गरेको छ । चालुतर्फ खर्च प्रतिशत ८३ दशमलव ०८ प्रतिशत भएको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले जनाउनुभयो । यसैगरि, पूँजीगत तर्फ १७ करोड ७१ लाख ८५ हजार २९० रुपैया मध्ये १२ करोड ४ लाख ९१ हजार ११७ रुपैया अर्थात ६८ प्रतिशत प्रगति हासिल गरेको उहाँले बताउनुभयो ।
यो समाचार तयार पार्दा सम्म कपिलवस्तुका ४ वटा पालिकाले आफ्नो बित्तीय प्रगति सार्वजनिक गर्न सकेका छैनन् । कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाले बित्तीय प्रगति सार्वजनिक नगरेको पाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu