पर्खाल भत्किंदा हुम्लामा एक जना महिला घाइते
हुम्ला –
सिमकोट गाउँपालिका(५ मा खेतमा काम गरिहेको बेला पर्खाल भत्किंदा एक जना महिला घाइते भएकी छन् ।खेतको पर्खाल भत्किंदा सिमकोट गाउँपालिका(५ मै बस्ने अन्दाजी २१ वर्षीय रूपमा रोकाया घाइते भएकी हुन् ।खेतबारी काम गरिरहेको बेला पर्खाल भत्किंदा रुपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनको शरीरमा ढुङ्गा खसेपछि ५० मिटर तल खेतमा खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाको डीएसपी शंकर पोखरेलले बताए ।घाइते रोकायालाई नेपालगन्ज रिफर गरिएको डीएसपी पोखरेलले जानकारी दिए । उनको टाउकोमा चोट लागेको छ ।