Connect with us
Kapilvast Forest

छाउपडी गोठ भत्काउन निर्देशन, नभत्काउनेलाई १० हजार जरिवाना

२०८२, ३० असार सोमबारमा प्रकाशित

कञ्चनपुर –

यहाँको कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्यका लागि सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन आज निर्देशन जारी गरेको छ। नगरपालिका अन्र्तगतका केही वडामा अझै छाउपडी प्रथा कायम रही गोठसमेत छन्। आआफ्नो वडाभित्रका छाउपडी गोठ निरीक्षण गरी भत्काउन वडा कार्यालयलाई नगरपालिकाले निर्देशन जारी गरेको हो ।

छाउपडी गोठ नभत्काउने व्यक्तिलाई कानूनी कारवाहीसहित १० हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ। दुई दिन अघि वडा नं १ निगालीमा छाउगोठमा बस्ने क्रममा सर्पदंशका कारण २८ वर्षीया कमला दमाईको मृत्यु भएको थियो। छाउगोठमा दमाईको मृत्यु भएपछि नगरपालिकाले छाउगोठ भत्काउन निर्देशन जारी गरेको हो ।नगर प्रमुख हेमराज ओझाका अनुसार छाउगोठ रहेको वडामा सोमबारदेखिनै नगरपालिकाबाट पत्रसहित टोली खटाइने छ। टोलीले घरघरमा पुगेर निरीक्षण गरी छाउगोठ भत्काउन लगाउने छ ।

‘सामाजिक कलङ्कका रूपमा रहेको छाउपडी प्रथा निर्मूल पार्न जस्तोसुकै कठोर कदम चाल्न तयार छौँ’,​नगरप्रमुख ओझाले भने, ‘अटेर गर्नेको सामाजिक सुरक्षा भत्ता रोक्ने र नगरपालिका र वडाबाट प्राप्त सेवा उपलब्ध गराइने छैन’, उनले भने, ‘त्यस्ता व्यक्तिबाट प्रचलित कानुनअनुसार जरिवाना असूल उपरसमेत गर्छौँ ।’त्यो सँगसँगै छाउगोठ निरीक्षणका लागि खटिने टोलीले छाउपडी प्रथा विरुद्ध सचेतना फैलाउने बताइएको छ । यसअघि नगरपालिकाले वडा नं. १ कुमगडा क्षेत्रमा चार वटा छाउगोठ भत्काएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu