Connect with us
Kapilvast Forest

राजकुमार गुप्ताको अडियोबारे बोल्दा देवेन्द्र पौडेलले सम्झिए गोकुल बास्कोटा

२०८२, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं-

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको भनेर सार्वजनिक भएको अडियोबारे सरकारको धारणा मागेका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा राजकुमार गुप्ताको अडियोबारे बोल्दा सांसद पौडेलले एमालेकै सांसद गोकुल बास्कोटालाई पनि सम्झिए । प्रश्न उठेपछि बास्कोटाले संचारमन्त्रीबाट राजीनामा दिएका थिए ।‘घुस लेनदेनको विषयमा केही माननीय मन्त्रीज्यूको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपीजी हुँदैखेरि गोकुल बास्कोटाजी यस्तै कुरा सार्वजनिक हुँदा राजीनामा दिनुभएको थियो’ पौडेलले भने ।

सांसद पौडेलले अहिले आएको गुप्ताको अडियोको सन्दर्भमा सरकारले जवाफ दिनुपर्ने माग दोहोर्‍याए । ‘हामी भ्रष्टाचार गर्दैनौं’ भन्ने प्रधानमन्त्री ओलीको सार्वजनिक प्रतिवद्धता रहेको स्मरण गर्दै उनले भने, ‘शून्य सहनशिलता कहाँ छ रु भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ रु लोकतन्त्रको इमान कहाँ छ रु इथिक्स, मुल्य र मान्यता कहाँ छ ?

जसले लजे मन लाग्यो त्यही गर्ने प्रवृति रहेको उल्लेख गर्दै उनले मन्त्री गुप्ताको अडियोका सन्दर्भमा सरकारबाट जवाफ आउनुपर्ने बताए । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने योजना ल्याउनुपर्ने उनको आग्रह छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu