Connect with us
Kapilvast Forest

बीपी राजमार्गमा ८ ठाउँमा बाढीपहिरो, सडक पूर्णरुपमा अवरुद्ध

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

काभ्रेपलाञ्चोक –

निरन्तरको वर्षाका कारण बीपी रामार्ग दैनिकजसो अवरुद्ध हुने गरेको छ । दिउँसो सडक सञ्चालनमा ल्याए पनि राति अवरुद्ध हुने गरेको छ ।सोमबार दिउँसो सञ्चालन भएको सडक आज पुनस् अवरुद्ध भएको छ । सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।उनका अनुसार बीपी राजमार्ग अन्तर्गत रोशी(९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी ११ कालढुंगा, रोशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको बाढीले सडक कटान गरेकोले राजमार्ग अवरुद्ध छ ।

यस्तै, काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा आएको बढीको कारण सडक अवरुद्ध छ भने रोशी कै पिप्लेमा आएको पहिरो, पानीतारेनजिक झरेको पहिरोको कारण सडक अवरुद्ध भएको छ ।इलाका प्रहरी प्रमुख कार्कीका अनुसार अहिले रोशी(९ पिन्थलीको लेदो हटाएर बिरुवाडाँडाको लेदो हटाउन सुरु भएको छ । ‘सडक दुवैतर्फ अवरुद्ध छ, पहिरो र लेदो हटाउन ३–४ घण्टा लाग्छ, सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवाको सहयोगमा राजमार्ग खुलाउने पहल भइरहेको छु’, कार्कीले भने ।

राजमार्ग सोमबार राति ८ बजेबाट अवरुद्ध छ । दैनिकै जसो सडक अवरुद्ध हुन थालेपछि यात्रु भने चिन्तित बनेका छन् । यसअघि पनि बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक(पटक सडक अवरुद्ध भइसकेको छ ।तस्वीर स् रोशी(९ मंगलटार बिरुवाडाँडामा रहेको फेदीखोलामा आएको लेदो हटाउने क्रममा ।गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटार को बिरुवाडाँडामा सडक अवरुद्ध भइसकेको छ ।

सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधनको सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी साधन होल्ड गरेको छ ।काभ्रेबाट सिन्धुली जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा होल्ड गरेको छ भने सिन्धुली प्रहरीले सदरमुकाम सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट, खुर्कोट, अन्य पहिरो जाने सम्भावना नभएका स्थानमा यात्रु र सवारी साधनको सुरक्षाका लागि सयौंको संख्यामा होल्ड गरिएको छ ।

काठमाडौंबाट पूर्व जाने र पूर्वबाट काठमाडौं जाने सवारी साधन तथा मालबाहक सवारी होल्ड हुँदा लामो एकतर्फी लामो जाम भएको छ भने यात्रुहरु अलपत्र छन् ।बिपी राजमार्ग खुलाउन अझै केही घन्टा लाग्ने भएकोले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले अनुरोध गरेको छ ।सडक अवरुद्ध भएपछि भकुन्डेबेसीमा रोकिएका गाडीहरू ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu