Connect with us
Kapilvast Forest

कैलालीमा हतियारसहित ३ जना पक्राउ

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

pakrau

धनगढी-

कैलालीमा हातहतियारसहित तीन जना पक्राउ परेका छन् ।भजनी नगरपालिका(९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जंगली जनावरका अंगसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले जानकारी दिए ।उनकाअनुसार पक्राउ पर्नेमा भजनी नगरपालिका–९ का ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र सोही वडाका ३० वर्षीय सुरेश विक रहेका छन् । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमार्फत आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी सिंहले बताए ।

विशेष सूचनाको आधारमा सोमबार दिउँसो पक्राउ गरिएका उनीहरुको साथबाट एउटा पेस्तोल, ११ राउण्ड गोली, एक थान म्यागजिन, ०।२२ बोरको ९हर्नेट० नवीकरण नभएको राइफल, २४ राउण्ड गोली, एउटा कटुवा पेस्तोल, एउटा भरुवा बन्दुक, भरुवा बन्दुकको घोडा एक थान, एक डिब्बा छर्रा, दुई गुच्छा मयुरको प्वाँख, तीनवटा जरायोको सिङ बरामद गरिएको छ ।प्रहरीका अनुसार उनीहरूमाथि हातहतियार ऐन र वन्यजन्तु संरक्षण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।बरामद सामग्रीको प्रकृति हेर्दा संगठित आपराधिक गिरोहसँग सम्भावित संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu