Connect with us
Kapilvast Forest

नेपालले आज श्रीलंकासँग खेल्दै

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

काठमाडौं –

२० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ।खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ। यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो।

श्रीलंकाले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजित भएको थियो।नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ। यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ। हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ।नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu