Connect with us
Kapilvast Forest

भारतबाट मेवा बोकेर आएको मिनी ट्रक त्रिशूलीमा खस्यो, दुईजना घाइते

२०८२, १ श्रावण बुधबारमा प्रकाशित

काठमाडौँ-

चितवनस्थित नारायणगढ-मुग्लिन सडकको सिमलतालमा भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन्।भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति साढे १० बजेतिर मिनी ट्रक त्रिशूलीमा खस्दा चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका हुन्।

भारतबाट मेवा बोकेर काठमाडौँ आउन लागेको यूपी ३२ जेटएन ७८८३ नम्बरको  भारतीय मिनी आइचर ट्रक अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। ।घाइतेहरूको उपचार भरतपुर अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu