Connect with us
Kapilvast Forest

पेस्तोल देखाएर लुटपाट गर्ने एक भारतीय नागरिकलाई १२ दिनपछि पक्राउ

२०८२, १ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं –

बैंकमा पैसा जम्मा गर्न गइरहेको बेला बाटोमै पेस्तोल देखाएर लुटपाट गर्ने एक भारतीय नागरिकलाई धनुषा प्रहरीले १२ दिनपछि पक्राउ गरेको छ।

लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले भारत बिहार मधुवनी जिल्लाको देवधा–८ का २३ वर्षीय विजय मुखियालाई मंगलबार धनुषाको सबैला नगरपालिका(८ ठिल्लाबाट पक्राउ परेको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।उनका अनुसार असार २० गते जनकनन्दनी गाउँपालिका १ का अजय कुमार गोइतले सघारास्थित बैंकमा जम्मा गर्न गइरहेकोबेला मोटरसाइकलमा आएका तीन जनाले पेस्तोल देखाएर उनको साथमा रहेको दुई लाख १६ हजार नगदसहित १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेर फरार भएका थिए ।

प्रहरीले लुटपाटमा संलग्नहरूको खोजी गर्दै जाँदा मुखियालाई लुकिछुपी बसिरहेको अवस्थामा ससुराली ठिल्लाबाट पक्राउ गरिएको हो भने घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको डिएसपी सिंहले बताए। लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।मुखिया पेशेवर लुटेरा रहेको धनुषाको एसपी नरहरि रेग्मीले बताए। ‘भारतमा पनि मुखियामाथि ९र१० वटा मुद्दा रहेको छ,’ एसपीले भने, ‘भारतमा लुटपाट गरेर नेपाल लुक्छन् । नेपालमा गरेर भारत लुक्छन् ।’ उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu