Connect with us
Kapilvast Forest

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

pakrau

तनहुँ  –

कर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ।पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शाहीलाई २९ वर्ष तीन महिनापश्चात् विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज स्याङ्जाको चापाकोट नगरपालिका–४ घुर्लीचौरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।

पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको उनले बताए।तनहुँको साविक ढोरफिर्दी गाविस–८ र भानुमति गाविस–७ राइपुरको सीमानामा पर्ने क्याङ्दी खोला र बरखोलाबीच जरेबरमा लागेको मेलामा महिलाका विषयमा विवाद हुँदा सोही स्थान बस्ने चित्रबहादुर खाँणलाई खुकुरी तथा छुरी प्रहारगरी हत्यागरी शाही फरार भएका थिए।तनहुँ जिल्ला अदालतले विसं २०६० माघ २८ गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो। घटनापश्चात् शाही हालसम्म फरार रहेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu