Connect with us
Kapilvast Forest

कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं –

कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता छन् ।

आफू बस्ने डेरा कोठा भन्दा छुट्टै कोठा भाडामा लिएर उनीहरुले लागु औषध कारोबार गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसपी जनकबहादुर शाहीले बताए ।राईले बालाजु गंगाहल नजिक कोठामा लुकाएर राखेको अवस्थामा ३५ हजार ५९० क्याम्पसुल ट्रामाडोल र साढे १२ किलो गाँजा बरामद भएको छ ।त्यसैगरी कुंगा र पदमको कोठाबाट बुप्रनोर्फिन, डाइजापाम, फेनार्गन गरी ३१ हजार १०१ एम्पुल बरामद भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu