Connect with us
Kapilvast Forest

विद्यालाई अहिल्यै नेतृत्व दिन सकिँदैन : ओली

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौँ-

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा छलफल नै नभएको बताएका छन्।१४ असारमै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेर सक्रिय गतिविधि गरिराख्दा ओलीले भने पार्टीमा फर्किनेबारे कुनै सल्लाह नगरेको बताए।

पत्रकार विजयकुमारलाई दिएको एक अन्तरवार्तामा ओलीले भनेका छन्, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन। पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन।’ओलीले पार्टीले अब भण्डारीको विषयमा निर्णय लिने बताएका छन्। ‘उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले आउनु हुन्छ कि हुँदैन, नैतिकरूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ नै’, उनले भनेका छन्।

भण्डारीलाई अहिले नेतृत्व हस्तान्तरण गर्न नसक्ने पनि उनले स्पष्ट पारेका छन्। कतै तपाईंले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्नका लागि सुविचारितरूपमा लिएको रणनीति त होइन? भन्ने प्रश्नमा ओलीले अहिले भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन’, ओलीको भनाइ छ, ‘किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन। दोस्रो, पार्टी काम छाडेर धेरै वर्ष बाहिर बस्नुभएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव उहाँसित छैन।’

यसअघि एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा भण्डारीले आफू एमालेको अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारेकी थिइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu