Connect with us
Kapilvast Forest

एमालेले विधान अधिवेशनका लागि सुझाव संकलन सुरु गर्ने

२०८२, ८ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले आगामी भदौमा हुने विधान अधिवेशनका लागि सुझाव संकलन सुरु भएको जनाएको छ ।

मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णयहरू आजैदेखि तल्ला कमिटीहरूमा पठाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘आजदेखि हामी यो प्रस्ताव र आएका सुझावलाई प्रदेश र मातहत कमिटीमा छलफलका लागि एउटा निश्चित समय दिएर हामी पठाउँदैछौँ’ उनले भने, ‘आएका सुझावहरूलाई समेटेर विधान अधिवेशनमा पुर्‍याउने हाम्रो सहमति भएको छ ।’

गौतमका अनुसार एमाले सचिवालयले केन्द्रीय कमिटी र पदाधिकारीको संख्याबारे राखेको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । यस्तै जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउनुपर्ने सुझाव अस्वीकार गर्दै बैठकले जिल्ला कमिटीलाई कार्यकारी नै राख्ने निर्णय पनि गरेको छ ।

‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता दुई तहको हुने कुरालाई प्रष्ट गर्नुभएको छ । एउटा– पार्टीको संगठित सदस्यता, अरु– पार्टी सदस्यता,’ गौतमले भने ।

अध्यक्ष ओलीले जिल्ला कमिटीलाई राज्यको संयन्त्र बमोजिम बनाउने केन्द्रीय सदस्यहरूको प्रस्ताव अस्वीकार गर्दै अहिलेको परिस्थितिमा जिल्ला कमिटीलाई समन्वय बनाएर लिएर जान नसकिने बताएको गौतमले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटी २५१, त्यसको एक तिहाइ पोलिटब्युरो र बनाउने निर्णय भएको पनि जानकारी दिए । ‘कमिटीमा धेरै संख्या बनाउने, परिभाषित जिम्मेवारी दिन नसक्ने, यस्तो परिवेशमा कमिटीहरू चुस्त, दुरुस्त, छरितो हुनुपर्छ भन्ने हिसाबले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउने निर्णय भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu