Connect with us
Kapilvast Forest

बुहारीसँगको झगडा छुट्याउन गएका मोतिरामलाई भाइले खुकुरी प्रहार गर्दा मृत्यु

२०८२, १० श्रावण शुक्रबारमा प्रकाशित

सिरहा –

सिरहाको गोलबजारमा आफ्नै भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको छ। ​गोलबजार नगरपालिका–३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाइ ३५ वर्षीय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।

श्याम र उनकी श्रीमती कौशिल्या देवी सदाबीच घरायसी विवादका कारण झै–झगडा भई कुटपिट गर्न थालेपछि छुट्याउन पुगेका मोतिराममाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवंम् डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

खुकुरी प्रहारबाट छातीमा गम्भीर चोट लागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रदेशिक अस्पताल लहान पठाइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले भनाइ छ। खुकुरी प्रहार गरी भागेका श्यामको खोजी भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu