Connect with us
Kapilvast Forest

‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, तर काण्डमा मुछिएकाहरु अझै मन्त्री छन् :एमाले सांसद साह

२०८२, १० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं-

सत्तारुढ नेकपा एमालेका सांसद किरण कुमार साहले सरकारमा रहेकाहरूको बोली र व्यवहार एउटै हुनुपर्ने बताएका छन् ।भिजिट भिसा प्रकरण, कास्कीको लिची बगैँचा हत्याउने घुस काण्ड, मानव बेचविखन जस्ता प्रकरणमा मुछिएका मन्त्रीहरु अझै किन पदासिन छन् भन्दै प्रश्न उठाएका हुन् ।‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु( भिजिट भिसा प्रकरण, कास्की लिची बगैँचा काण्डमा मुछिएका मन्त्रीहरू किन अझै पदमा छन् ? ’, साहको प्रश्न छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न उठेका मन्त्रीमाथि एक्सन हुनुपर्ने बताए ।‘मान्छे बेचबिखनमा मुछिएकाहरूलाई किन सम्मानसहित स्वागत गरिन्छ रु’, साह भन्छन्, ‘यो मौनता सर्मलाज पनि हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो म प्रश्न गर्न चाहन्छु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu