Connect with us
Kapilvast Forest

स्कुटर दुर्घटना हुँदा नमोबुद्धका पूर्वमेयर टिपी शर्मा गम्भीर घाइते

२०८२, ११ श्रावण शनिबारमा प्रकाशित

काभ्रेपलाञ्चोक-

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ बीस किलोमा स्कुटर एक आपसमा ठोक्किँदा नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन् ।शनिबार बिहान बीपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा६२प ३५७८ नं।को स्कुटर र पूर्वनगरप्रमुख तिमलसिना सवार स्कुटर बा।प्र। ०३-०२-००७ प ८८०० ठोक्किएका हुन् ।

दुर्घटनामा पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको टाउकोमा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।टीपी शर्मा तिमलसिना छोरा किशोर तिमल्सिनाले चलाएको स्कुटरमा पछाडि बसेका थिए । किशोर सामान्य घाइते छन् ।

अर्को स्कुटरका चालक दोलखा मेलुङ-३ घर भई हाल काभ्रेको रोशी-८ बस्ने २६ वर्षीय निमा तेम्वा थोकर सामान्य घाइते छन् । उनलाई उपचारका लागि मेथिनकोट अस्पताल पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu