Connect with us
Kapilvast Forest

गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

गुल्मी-

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।शनिबार राति करिब ३स्०० बजेको समयमा स्थानीय मनिदेवी वि.क को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि।क।को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताए ।ढुङ्गा-माटोले बनेको टिनको छानो भएको एक तले घरमा आगलागी हुँदा विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार उनी मानसिक रुपमा अवस्वस्थ व्यक्ति हुन् ।

घरमा रहेकी मनिदेवी वि.क. , उनका नातिहरू १२ वर्षीय श्रीधर वि.क. र ११ वर्षीय अरुण वि.क. भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुलेको छैन ।घटनाबारे बिहान ५ स् ४५ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट टोली खटिएको थियो । स्थानीयको सहयोगमा साढे ६ बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu