Connect with us
Kapilvast Forest

सुतिरहेकी श्रीमतीको हत्या, छोराछोरी र प्रहरीलाई आफैं दिए जानकारी

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं –

सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ ।हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।

वडाध्यक्ष कोइरालाले भने, ‘मलाई आइतबार बिहानपख करिब दुईरसवा दुई बजेतिर फोन गरेर प्रहरीको नम्बर मागेको थियो । मसँग श्रीमती मारेको कुरा गरेन । तर दुबईमा भएको छोरो, जापानमा भएकी छोरी र प्रहरीलाई भने फोन गरेर श्रीमती मारेँ भनेको रहेछ ।’

उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो घरमा दानसिंहका बुवाआमा आएका थिए । राम्रैसँग गफगाफ गरेर खाना खाएर फर्किएका थिए ।

बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंह र श्रीमती रविना ओछ्याएनमा पल्टिएर मोबाइल हेरिरहेका थिए । मोबाइल हेर्दाहेर्दै रविना निदाइन् । त्यसपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका थिए ।वडाध्यक्ष कोइरालाका अनुसार दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनको एउटा छोरो दुबईमा र एउटी छोरी जापानमा छन् । अर्की एउटी छोरी सुर्खेतमै छिन् ।

उनले विगतमा मदिरा सेवन गर्ने गरे पनि एक हप्तायता मदिरा सेवन गर्न पनि छाडेका उनका आफन्तहरुबाट थाहा पाएको वडाध्यक्ष कोइराला बताउँछन् ।तर श्रीमतीको हत्या किन गरे भन्ने खुलेको छैन । ‘श्रीमतीलाई किन मारेको भनेर सोध्दा उसले मलाई केही थाहा पाइनँ, सैतान भनेर हानेको हुँ भन्छ,’ वडाध्यक्ष कोइरालाले भने, ‘हत्यापछि उसले छोराछोरी आफन्त र प्रहरीलाई फोन गरेर मैले मारेँ भनेको रहेछ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu