Connect with us
Kapilvast Forest

घुस विवादमा कोशीका वनमन्त्रीले भने : खाँदै नखाको विषले जिउँदै मार्‍यो

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

विराटनगर –

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् ।सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।उनले घुस मागेको कुनै प्रमाण भए ल्याउन चुनौती पनि दिए । आरोपमाथि जवाफ दिने क्रममा गायक नविन के भट्टराईलाई सम्झिए । उनले प्रदेशसभा बैठकमा नवीन के भट्टराईले गाएको ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’ बोलको गीत गाएका थिए ।

‘के क्युआर कोड मेरो मोबाइलमा पठाएको थियो’, उनले भने, ‘बजारमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनका लागि दिएको यो विषयमा मेरो कुनै पनि संलग्नता छैन।’उनले आफ्नो क्युआर कोड नभएको र कसैलाई नपठाएको पनि दाबी गरे । तर कर्मचारीलाई सहयोग माग्दै क्युआर कोड पठाउने अमृत मेहता उनकै सहयोगी हुन् । सहयोगी भएपनि सचिवालयमा भने नियुक्ति थिएन ।

शैक्षिक योग्यता कम भएका कारण मन्त्रालयमा सन्तोष मेहताको नाममा नियुक्ति लिएर कामकाज भने अमृतले गर्थे । सन्तोष उनका भाइ हुन् । अमृतले पार्टी र कार्यकर्ता व्यवस्थापनका लागि पैसा चाहिने भन्दै क्युआर कोड पठाएको आरोप छ ।क्युआर कोड विवाद सार्वजनिक भएपछि मण्डलले मेहतालाई सचिवालयबाट हटाएका छन् । प्रदेशसभा बैठकमा जवाफ दिने क्रममा उनले क्युआर कोड पठाउने व्यक्ति आफ्नो सचिवालयमा कहिल्यै नभएको दाबी गरे ।

‘बजारमा आएको न्यूजमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनको लागि, कसलाई, किन दिएको हो, यो विषयमा मेरो कुनै पनि संलग्नता छैन,’ उनले भने, ‘क्युआर कोडमा उल्लिखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्युआर पठाइएको हो, कानुनी दायरामा झिकाई अनुसन्धान गर्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

उनले गलत विषय उठाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरे । ‘गल्ती देखाउने तर प्रमाण दिनु नपर्ने रु के क्युआर कोड मेरो मोबाइलबाट पठाएको थियो रु’, उनले भने,‘ आरोप आधारहीन, पूर्वाग्रही र तथ्यहीन छ ।’ उनी त्यतिकैमा रोकिएनन् । ‘कागले कान लग्यो भन्दै कान नसमातीकन दौडनेमा म पर्दिनँ । यसमा मेरो कुनै गल्ती छैन । आज बोल्नुपर्ने ठाउँमा उभिएको छु,’ उनले भने,‘कुनै व्यक्तिले क्युआर कोड पठाएको विषयमा मलाई जोड्न मिल्छ रु यो प्रकरणमा मलाई घोर अन्याय भएको छैन रु मेरो सचिवालय वा मैले यसरी क्युआर कोड पठाएर रकम मागेको प्रमाण छ भने ल्याउन चुनौती दिन चाहन्छु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu