रोट्याक्ट क्लब अफ कपिलवस्तुले सोनवागढ मन्दिरमा सर्वत,दही वितरण गर्दै
कपिलवस्तु –
रोट्याक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका–३ सोनवागढ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई १२ गते दही वितरण गर्न लागिएको छ । साउन महिनाभर लाग्ने ऐतिहासिक पर्यटकीय स्थल सोनवागढमा आयोजित प्रथम सोनवागढ बोलबम धाम जलयात्राको प्रारम्भ भए सँगै मन्दिरमा आउने श्रद्धालुहरूको सेवामा क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत दही वितरण कार्यक्रम सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनुभएको छ ।
प्रथम सोनवागण बोलबम जलयात्रा सुरु भएसँगै मन्दिरमा भक्तजनहरूको चहलपहल अत्याधिक बढ्न थालेको छ । गर्मी र लामो दुरिको यात्रापछि आउने भक्तजनहरूको सेवा तथा स्वागतका लागि दही वितरण गरिएको चौधरीले जानकारी दिनुभयो । क्लबले आगामी दिनहरूमा पनि यस्ता कार्य गर्ने प्रतिबद्धता जनाएको छ । स्थानिय युवाको सक्रियता र सामाजिक भावनाले प्रेरित यो कार्यक्रम धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३, भितरिया अवस्थित पूर्वमा बहबेल नदी र पश्चिममा सुकबेल नदीको टापुमा घनाजंगलमा पर्ने सोनवागढ मन्दिर पर्यटकीय गन्तव्यको एक महत्त्वपूर्ण क्षेत्र रहेको छ ।