Connect with us
Kapilvast Forest

मुग्लिनमा ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२, १३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं –

मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गा नजिकै तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।सोमबार दिउँसो ४स्४० बजेतिर नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जनामध्ये एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।

मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका-११ ठेगाना उल्लेख भएको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स) फेला पारेको जनाएको छ ।घाइते अर्का व्यक्तिको पहिचान खुलेको छैन । शरीरका विभिन्न भागमा चोट देखिएका अन्दाजी ३५ वर्षका घाइते युवकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।ठक्कर दिने तेल ट्याङकरका चालक तनहुँ बन्दीपुर गाउँपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–२९ चौधकिलो भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर प्रतीक सिंहले जानकारी दिए । इन्स्पेक्टर सिंहका अनुसार जुगेडी प्रहरी चौकीबाट ३ किलोमिटर टाढा मुग्लिनतर्फ दुर्घटना भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu