Connect with us
Kapilvast Forest

कुकुरलाई सङ्गिनी सुई

२०८२, १३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौँ-

महिलाले लगाउने गर्भनिरोधक सङ्गिनी सुई कुकुरलाई लगाइने गरेको पाइएको छ । पशु अधिकारको दृष्टिकोणले यो कार्य अपराध हुने भए पनि आफ्नो सजिलोका लागि अन्धाधुन्ध प्रयोग बढिरहेको छ । सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, औषधी पसलमा सहजै पाइने र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा यसको प्रयोग बढेको हो, जसको कारणले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी जटिल समस्या देखिन थालेको पशु स्वास्थ्यकर्मीले उल्लेख गरेका छन्।

काठमाडौँ उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ । अज्ञानता र पशु प्राविधिकको गलत सल्लाहले महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन तीनमहिने सङ्गिनी सुई काठमाडौँ उपत्यकासँगै देशका प्रमुख शहरका कुकुर (पोथी)लाई लगाउने गरेको केन्द्रीय रेफरल पशु चिकित्सालयका डा. प्रकाश अधिकारीले बताए।

उनले अस्पतालमा दैनिक उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरको समस्या देखिएको र त्यो सङ्गिनी सुईको असर भएको दाबी गरे। पहिला पहिला कुकुरको पाठेघरमा समस्या एकदमै कम देखिने भए पनि पछिल्लो समय सङ्गिनी सुईको दुरुपयोगले समस्या बढेको जिकिर गरे। सङ्गिनी सुई कुकुरधनी स्वयंले लगाउन अनुरोध गर्ने गरेको र औषधी पसलमा सहजै उपलब्ध हुने भएकाले यसको दुरुपयोग बढ्दो रहेको उनले बताए।

सङ्गिनी सुई नितान्त महिलाका लागि बनाइएको हुनाले कुकुरमा प्रयोग गर्नु दुरुपयोग हो। कुकुरमा यो सुईको प्रयोगले डिम्बाशयमा मासु (सिस्ट) पलाउने र पाठेघर सङ्क्रमण (पायोमेट्रा) को जोखिम बढाउँछ। साथै कुकुरले खाना पनि कम खान थाल्छ । पेट फुल्ने, रक्तअल्पता हुने, योनिबाट गन्हाउने फोहोर पदार्थ फाल्ने जस्ता लक्षण पनि कुकुरमा देखा पर्छन्।

समयमा शल्यक्रिया उपचार नभए कुकुर मर्न सक्छ। हर्मोन असन्तुलनका कारण कुकुरको तौल बढ्ने र रौँ झर्ने जस्ता समस्या देखिन सक्छ । यो सुईको नियमित प्रयोगले स्तन ग्रन्थीको क्यान्सरको सम्भावना हुन्छ। कुकुरको अस्थायी परिवार नियोजनको कुनै पनि साधन नभएकाले अनावश्यक प्रजनन रोक्न सुरक्षित र स्थायी विधि कुकुरको बन्ध्याकरण गर्नु नै राम्रो हुने डा. अधिकारीले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu