Connect with us
Kapilvast Forest

कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरूद्धको अविश्वास प्रस्ताव

२०८२, १४ श्रावण मंगलवारमा प्रकाशित

हेटौंडा-

बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् ।‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरुको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं’ श्रेष्ठ र पराजुलीले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

११ साउनको मिति उल्लेख गरिएको विज्ञप्ति आज मंगलबार सार्वजनिक भएको हो ।९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।अविश्वास प्रस्ताव दर्ता गर्दा ९ साउनमा श्रेष्ठ र पराजुली संसदीय दलको कार्यालयमा उपस्थित थिएनन् । उनीहरुको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव उनीहरुले फिर्ता लिएकाले अब बहादुर सिंह लामाको पक्षमा १८ र इन्द्रबहादुर बानियाँको पक्षमा १९ जना छन् ।३७ जना सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu