प्रशान्त गुप्ता लोसपा नेपालबाट निष्कासित
काठमाण्डौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीको आचारसंहिता उल्लंघन गर्दै पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेता प्रशान्त गुप्तालाई पार्टीबाट निष्कासित गरेको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा संविधान २०७८ को धारा ४८ को उपधारा (३) र (७) अनुसार गुप्ताले पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने कार्य गरेका उल्लेख गरिएको छ ।
पार्टी निर्णय अनुसार अब गुप्ता साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको छ ।
पार्टी नेतृत्वले पार्टीको अनुशासन कायम राख्न तथा संगठनलाई सुदृढ बनाउने उद्देश्यले यस्तो निर्णय लिएको जनाएको छ ।
