Connect with us
Kapilvast Forest

बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

२०८२, १७ श्रावण शुक्रबारमा प्रकाशित

बुटवल –

बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ ।बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।दुर्घटनामा १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu