Connect with us
Kapilvast Forest

‘छात्रवृत्ति बेच्ने’ निजी विद्यालयसँग महानगरले माग्यो कागजपत्र

२०८२, १८ श्रावण शनिबारमा प्रकाशित

kathmandu-mahanagar

काठमाडौँ –

काठमाडौँ महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेण्डरी स्कुललाई तीन दिनभित्र कागजपत्र बुझाउन निर्देशन दिएको छ। विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेश गर्न निर्देशन दिइएको कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए । उहाँका अनुसार विद्यालयलाई तीन दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेश गर्न निर्देशन दिइएको छ । अन्यथा कानूनबमोजिम अगाडि बढ्ने चेतावनीसमेत कामपाले दिएको छ ।

कामपा सहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, शहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्डको पालनाबारे रहेको झाले जानकारी दिए।

शहरी योजना आयोगका सदस्य झाले अनुगमनका क्रममा छात्रवृत्ति कार्यक्रमको जाँचबाट शुरु गरिए पनि विद्यालयमा अन्य कैयौँ समस्या फेला परेको बताए । ‘हामीले विद्यालयमा अनुगमन शुरु गरेपछि विभिन्न अनियमितता देख्यौँ, संयुक्त टोलीको अनुगमनपश्चात विद्यालयको सञ्चालन, भौतिक पूर्वाधार र वैधानिकतामाथि नै प्रश्न उठ्यो’, झाले भने।

कामपा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले छात्रवृत्ति पाउने विद्यार्थीबाट शुल्क लिइएको र विद्यालयले २४ देखि ३० हजारसम्मको शुल्क माग गरेको गुनासो प्राप्त भएपछि अनुगमन गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयको भौतिक पूर्वाधार, चमेनागृह सञ्चालनमा समेत कमजोरी फेला परेको छ।

‘यसअघि हामीले विद्यालयलाई तोकिएभन्दा बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका थियौँ, तर गुनासो दोहोरिएपछि संयुक्त अनुगमन गर्नुपर्‍यो’, ज्ञवालीले भने। विद्यालयले तीन वर्षअघि बूढानीलकण्ठबाट वसुन्धरामा स्थानान्तरण भएको तथा कक्षा ११ र १२ को सञ्चालनका लागि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएको दाबी गरेको छ। दाबीहरू पुष्टि गर्न कामपाले कागजात माग गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu