Connect with us
Kapilvast Forest

मिडियालाई काखापाखा गरेको प्रमाण ल्याए फाँसी चढ्न तयार छु : मुख्यमन्त्री  आचार्य

२०८२, १८ श्रावण शनिबारमा प्रकाशित

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडियालाई काखापाखा नगरेका बताएका छन्। राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनिको शनिबार बुटवलमा भएको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले आफू मिडियामैत्री रहेको दाबी गरे ।

उनले आफ्नो कुनै आसेपासे नभएको जिकिर गरे । उनले १२ वटै जिल्लाका मिडियाहरूलाई समान दृष्टिले हेरेको बताउदै कुनै मिडियालाई विज्ञापन दिएको भए त्यसको प्रमाण ल्याए फाँसी चढन तयार रहेको बताए।

‘मैले कसैलाई विज्ञापन दिन भनेको एउटा प्रमाण ल्याउनुस् म फाँसी चढ्न तयार छु,’ उनले भने। कार्यकर्ममा केही वक्ताहरूले मिडियालाई विभेद गरेको प्रश्न उठाएपछि मुख्यमन्त्री आचार्यले भए सबै आसेपासे रहेको बताए।

‘भए सबै मेरा आसेपासे हुन, मेरो कोहि आसेपासे छैनन्’ उनले भने । उनले लुम्बिनी प्रदेश सरकारले मिडियाको विकासमा लागि काम गरिरहेको दावी गरे । तर, पछिल्लो समय मिडियाहरूको संख्या बढेको तर, बजेटको आकार भने नथपिएको बताए ।

उनले लुम्बिनी सञ्चार समन्वय परिषदलाई अधिकार सम्पन्न बनाउन कानुन संशोधनको तयारीमा रहेको बताए । मुख्यमन्त्री आचार्यले मिडियाले सकरात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लुम्बिनी सञ्चार समन्वय परिषदका अध्यक्ष मिलन गाहा, राष्ट्रिय टेलिभिजन प्रशारण संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखेल, उद्योग बाणिज्य महासंघ लुम्बिनी अध्यक्ष कृष्ढकुमार शर्मा, उद्योग परिसंघका लुम्बिनि अध्यक्ष एजाज आलम, च्याम्बर अफ कमर्शका अध्यक्ष टंक पोखरेल लगायतले बोल्दै मिडियाको सबलीकरणका ध्यान दिन आग्रह गरे। संघको नवनिर्वािचत अध्यक्ष गोपाल ज्ञवालीलाई निर्वतमान अध्यक्ष नरेश केसिले पद हस्तान्तरण गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu