Connect with us
Kapilvast Forest

सहज टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

२०८२, १९ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा सहज टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिएको छ । ज्ञान बहादुर थापाको अध्यक्षतामा आयोजित भेलामा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्य रहेको थियो ।

भेलाले ज्ञान बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय सहज टोल समिति गठन गरेको छ । जसअनुसार उपाध्यक्षमा होम बहादुर कुँवर, सचिवमा कमला सुनार, कोषाध्यक्षमा अनिता नेपाली, सह–सचिवमा हरी बहादुर सुनार चयन भएका छन् । सदस्यहरूमा विनोद नेपाली, राजु नेपाली, उजील गिरी, विजुला सुनार रहेका छन् भने सल्लाहकारमा गंगा नेपाली र सन्ता सुनार रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि अदैले देशको वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय जनमोर्चाको नीति र कार्यक्रमबारे विस्तृत रुपमा जानकारी दिनु भएको थियो । नवगठित समितिका पदाधिकारीलाई शुभकामना दिँदै राजमो वडा नं. ५ का अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा मगरले पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

भेला पश्चात बसेको बैठकले सदस्यता वितरण गर्ने, आगामी भदौ महिनामा टोलस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले नयाँ एक जना सदस्य बनाउने निर्णय गरेको छ । कार्यक्रममा जिल्ला सचिव अदैले नव निर्वाचित सदस्यहरूलाई पार्टी सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन हरी बहादुर सुनारले र स्वागत मन्तव्य होम बहादुर कुँवरले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu