Connect with us
Kapilvast Forest

पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध

२०८२, २१ श्रावण मंगलवारमा प्रकाशित

पाल्पा –
वर्षासँगै खसेको पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो ।अविरल वर्षासँगै बेलुका ८ बजे खसेको पहिरो पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन ।

सिद्धबाबा सुरूङ्गमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार चट्टान र लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भएको हो ।

अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । वर्षा रोक्किएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने सूचना अधिकारी ज्ञवालीले बताइन् ।

वर्षा हुनेबित्तिकै ढुंगा र पहिरो खस्ने भएकोले यो क्षेत्रमा पटक-पटक सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन अलपत्र परेका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu