Connect with us
Kapilvast Forest

रास्वपाले भन्यो : समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए ।

पार्टीको सचिवालय बैठकले खतिवडा पदमा बसिराख्न नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने निर्णय गरिएको झाले अनलाइनखबरसँग बताए।‘समितिको प्रतिवेदन अनुसार समिति सभापति दोषी हो । उहाँले नैतिकता देखाउनुपर्दछ । यस्तो काम गरेर नालायकी देखाएर बस्नु भन्दा राजीनामा दिनुपर्दछ भन्ने हाम्रो बुझाइ हो,’ झाले भने ।

कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा बनेको समितिले कुलिङ अफ पिरियडमा समिति सभापति खतिवडा समेत जिम्मेवार रहेको प्रतिवेदन मंगलबार संसदमा पेश गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu