Connect with us
Kapilvast Forest

दाङमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२०८२, २६ श्रावण आईतवारमा प्रकाशित

देउखुरी –

दाङमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। दुर्घटनामा परी राप्ती गाउँपालिका-५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।घोराही-तुलसीपुर सडकखण्डको तुलसीपुर- १८ दुधरासमा  तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु प्र०२-००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ठोक्किँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिए।त्यस्तै दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका-५ का २७ वर्षीय नवराज पौडेल र पछाडि सवार बारा विश्रामपुर गाउँपालिका- २ घर भई हाल तुलसीपुर-५ मा बस्ने १८ वर्षीय रोशन पण्डित घाइते भएका छन्। घाइते दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu