Connect with us
Kapilvast Forest

मृत फेला परेका बालबालिकाको गाडिएको शव प्रहरीको नियन्त्रणमा

२०८२, २६ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-

खोटाङमा मृत फेला परेका दिदीभाइको चिहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृत फेला परेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकैघरका ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षका मेगराज बस्नेतको शव गाडिएको स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कानुनी प्रकृया पुरा नगरी शव गाडिएको भन्दै प्रहरीले चिहानलाई नियन्त्रणमा लिएको हो। साउन २२ गते बस्नेत दिदीभाई सहित ६ जना बालबालिका घरमा जानकारी नदिइ वेपत्ता भएका थिए। पौडी खेल्न साप्सुखोला पुगेको जानकारी पाइएपछि खोज्नेक्रममा राती १२ बजे दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडाडाउँको चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुबेर मृत्यु भएको अवस्थामा दिदीभाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

लडेर मृत्यु भएको यकिन भएको दावीसहित शवलाई साउन २३ गते घरबाट ३ किलोमिटर दक्षिणमा पर्ने लाफेटारमा गाडिएको थियो। तर प्रहरीलाई जानकारी नदिइ चुपचाप गाडिएको खबर पुगेपछि साउन २४ गते प्रहरीचौकी दिप्रुङ चुइचुम्माले सो स्थानमा पुगेर कानुनी प्रकृया थालेको हो। थप अनुसन्धान र कानुनी प्रकृया पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस्नेत दिदीभाईसँगै हराएका अन्य चार बालबालिका भने सशुकल भेटिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu