Connect with us
Kapilvast Forest

रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन

२०८२, २९ श्रावण बुधबारमा प्रकाशित

बुटवल –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई तत्काल काठमाडौंको सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।लामिछाने बुटवलको सुप्रिक सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि जिल्ला कारगार भैरहवामा छन् ।

पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन भैरहवा आएका लिङ्देनले कारागार पुगेर लामिछानेलाई मंगलबार भेटेपछि भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको उल्लेख गर्दै काठमाडौं सरुवा गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको उल्लेख गर्दै लिङदेनले लामिछानेलाई तत्काल काठमाडौं सार्न उपयुक्त हुने धारणा राखेका हुन् ।

लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनमा अदालतले स्थानान्तरण गर्न आदेश दिएको थियो । तर, गृह प्रशासनले काठमाडौंमा पनि रविविरुद्ध मुद्दा रहेको लगायत तर्क गरेर स्थानान्तरण गर्न रोकेको छ ।१९५० मा बनेको रुपन्देही कारागारमा क्षमताभन्दा झण्डै तीन गुणा बढी ६२४ जना कैदीबन्दी र थुनुवा रहेको कारागारका प्रमुख सुरेश भण्डारीले बताए । तर, रविलाई छुट्टै राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu