Connect with us
Kapilvast Forest

बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्दैन : प्रधानमन्त्री

२०८२, २९ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिनेगरी सरकारले कानुन नल्याउने बताएका छन्।प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलाइएको बताए।‘बहुविवाहलाई मान्यता दिने विषय संवेदनशील भएर उठेको देखिन्छ।

सामाजिक जागरण, सामाजिक न्याय र महिला हकअधिकारका लागि लडेर ल्याएका पार्टीहरूले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउँछ भन्ने कसरी लाग्यो? हल्ला कसले चलायो? मैले थाहा पाएको छैन। सरकारले थाहा पाएको छैन। कहाँबाट आउँछ ?’ उनले भने,  ‘सभामुख महोदयमार्फत म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु बहुविवाहलाई मान्यता दिनेगरी कानुन बनाउन लागिएको छैन। बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन।उनले यस्ता अरु पनि हल्ला चलाइएको भन्दै आफू त्यसको पछि नलाग्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu