Connect with us
Kapilvast Forest

बाजुरामा खोलाको बाढीले दुईवटा घर बगायो

२०८२, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं-

बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । आज बेलुकी सात बजेतिर आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए । उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ ।

गडगडाउँदै बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका थिए । पानी परिरहेकाले बाढी अझै बढ्ने र थप क्षति हुनसक्ने आशंकाले स्थानीय त्रसित छन् ।गाउँपालिकाका जनप्रतिनिधिहरुका अनुसार मानवीय क्षति भने हालसम्म भएको छैन।विच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu