Connect with us
Kapilvast Forest

आगामी ३ दिन ठूलो पानी नपर्ने मौसमविदको भनाई

२०८२, ३१ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं –

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर लागेको छ । यससँगै नेपालमा मनसुन केही कमजोर भएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज केही कम पानी पर्ने मौसमविदको पूर्वानुमान छ ।हिजोअस्तीसम्म मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर (नेपालतिर) थियो । त्यसमा पनि तराई मधेशको सिधा माथि थियो । त्यसैले अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतिर (भारततिर) लागेकाले आगामी तीन दिन ठूलो पानी नपर्ने बताए । ‘पानी पर्दै नपर्ने होइन, तर हिजोअस्ति जस्तो ठूलो पानी आगामी तीन दिनसम्म पर्ने देखिँदैन,’ ढकालले भने ।उनले तराई मधेशका जिल्लाको तुलनामा पहाडी क्षेत्रमा अलि बढी पानी पर्ने बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको मात्र सम्भावना छ ।त्यसैगरी, आज राति गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको मात्र सम्भावना छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj