Connect with us
Kapilvast Forest

सुडानमा पहिरोले पुरिएर कम्तीमा १००० जनाको मृत्यु

२०८२, १७ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं –

सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट आर्मीले जनाएको छ ।बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो।संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ ।

‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेका छन्।

सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धले देशलाई विश्वकै भीषणतम मानवीय संकटमध्ये एकमा धकेलेकै बेला यो प्राकृतिक विपत्ति थपिएको हो ।सञ्चार संस्था अल जजिराका अनुसार, दारफुरका केही भागमा भने पहिले नै भोकमरी घोषणा भइसकेको छ। समाचार संस्था रोयटर्सका अनुसार, उक्त क्षेत्रमा खाद्यान्न र औषधि अभाव भएको छ ।

सुडान लिबरेशन मुभमेन्टरआर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा पहिरो गएको हो । यो संगठन सुडानको सेनासँगै मिलेर अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० विरुद्ध लडिरहेको छ।उक्त युद्धकै कारण उत्तर दारफुर राज्यका धेरै बासिन्दाले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए।

अप्रिल २०२३ मा सुडानको सेना र आरएसएफबीच सुरु भएको गृहयुद्धले देशलाई भोकमरीतिर धकेलिरहेको छ । पश्चिमी दारफुर क्षेत्रमा जातीय संहारका घटना भइरहेका आरोपहरू लागिरहेका छन्।गृहयुद्धमा मारिएका मानिसहरूको संख्या फरक–फरक बताइन्छ। तर एक अमेरिकी अधिकारीले गत वर्ष करिब १।५ लाख मानिसको मृत्यु भइसकेको आकलन गरेका थिए । युद्धका कारण करिब १।२ करोड मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu