Connect with us
Kapilvast Forest

शिवराज–४ मा निःशुल्क आँखा शिविर : वडाध्यक्ष खाँको सराहनीय पहल

२०८२, १७ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका–४ मा वडाध्यक्ष नसिम अहमद खाँको पहलमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय नागरिकलाई आँखा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरले समाजमा सकारात्मक सन्देश दिएको छ ।

लायन्स आँखा अस्पताल, रूपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २९० जनाले आँखा जाँच गराएका थिए । जाँचका क्रममा ३९ जनामा मोतियाबिन्दु फेला परेपछि उनीहरूको निःशुल्क अपरेशन हुने जानकारी वडाध्यक्ष खाँले दिनुभयो ।

स्थानिय नागरिकहरूले आँखा स्वास्थ्य जस्तो संवेदनशील विषयलाई प्राथमिकतामा राखी निःशुल्क शिविर आयोजना गरेर सेवा प्रवाह गरेकोमा वडाध्यक्ष खाँप्रति आभार व्यक्त गरेका छन् । समाजसेवामुखी काममा देखाएको सक्रियताले वडा मात्र नभई सम्पूर्ण नगरकै प्रतिष्ठा बढाएको जनाइएको छ ।

वडाध्यक्ष खाँको यस्तो जनमुखी कदमले राजनीतिक नेतृत्वले स्वास्थ्यजस्ता आधारभूत अधिकारलाई सुनिश्चित गर्न सक्ने ठोस उदाहरण प्रस्तुत गरेको भन्दै धेरैले प्रशंसा गरेका छन् । उहाँले भविष्यमा पनि यस्ता सामाजिक र स्वास्थ्यमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu