कपिलवस्तुमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन प्रशासनको आग्रह
डिलाराम भुसाल कपिलवस्तु –
अविरल वर्षासँगै कपिलवस्तुमा आकस्मिक बाढीको जोखिम बढेको छ । विहानदेखि लगातार परेको वर्षाका कारण पछिल्लो तीन घण्टामा भगवानपुर वर्षा मापन केन्द्र आसपासमा उच्च मात्रामा पानी मापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले कपिलबस्तुले जनाएको छ ।
कपिलबस्तुका प्रमुख जिल््ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार तामाङले सो क्षेत्र भएर बहने नदि तथा स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।् ।
विपद् व्यवस्थापन समितिले विशेषगरी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग रहन, अनावश्यक आवतजावत नगर्न र आपत्कालीन अवस्थामा तत्काल नजिकको सुरक्षाकर्मी वा प्रशासनलाई खबर गर्न अनुरोध समेत गरेको छ ।