Connect with us
Kapilvast Forest

नगरपालिकाको जेसिबी राती १२ बजे किन पुग्यो अर्काको खेतमा

२०८२, ३० आश्विन बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकाको स्वामित्वमा रहेको जेसिबीको दुरुपयोग भएको खुलेको छ । गएराति करिब ११ बजे नगरपालिकाका चालक विकास पुन मगर जेसिबी लिएर रहटकोलतर्फ निस्किएका थिए ।

स्थानीयका अनुसार, स्पिडमा हिँडाइएका जेसिबी रहटकोलका बन्हु चौधरीको खेतमा पसेको थियो । घटनापछि मध्यरातमा स्थानीय बासिन्दा सो स्थलमा पुगेका थिए । उनीहरूका भनाइ अनुसार, चालक पुन मदिराले लठ्ठिएका थिए र बोल्ने वा ढोका खोल्ने अवस्थामा समेत थिएनन् ।

“हामीले आफैंले ढोका खोलेर उनलाई बाहिर निकालेका हौँ,” एक स्थानीयले भने ।

घटनास्थलमा पुगेका स्थानीय बन्हु चौधरीका अनुसार, जेसिबीले रहटकोलको कालोपत्रे सडकमा ठूला खाल्डा बनाएको छ ।

त्यसपछि करिब राति १२ बजे चन्द्रौटाबाट एक क्रेन पठाई जेसिबी निकालिएको थियो । पछि सडकमा खनेको खाल्डो पुनः पुरेर जेसिबी राति नै त्यहाँबाट हतपत फर्किएको जनाइएको छ ।

यस घटनापछि शिवराज नगरपालिकाको जेसिबी राति किन सञ्चालनमा ल्याइयो, कसको निर्देशनमा, र कुन कामका लागि प्रयोग गरियो भन्ने प्रश्न उठेका छन् । तर, नगरपालिकाले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

भिडियो
https://www.facebook.com/share/v/1CrHVHT78k/

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu