मिटरब्याजीले बेचे लक्ष्मीको घर, संघर्ष समितिले टाँग्यो ब्यनर
न्युजसेन्टर नेपाल–
कपिलवस्तुको शिवराज नगरपालिका–४ बस्ने लक्ष्मी बिक पिडित भएकी छिन । मिटरब्याजी सुशिल खत्रीले लक्ष्मीलाई घरबाट बिहिन बनाएका छन । मिटरब्याजीले लक्ष्मीको घर बिक्री गरेपछि लघुवित्तीय तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले ब्यानर टाँगेर विरोध गरेको छ ।
विवादको जड २०८० साल जेठ २४ गते बाणगंगा नगरपालिका निवासी सुशील खत्री र लक्ष्मी बिकबीच भएको १८ लाख रुपैयाँको लेनदेन हो ।
लक्ष्मीका अनुसार सुशीलले दुई वर्षका लागि सैकडा ४ रुपैया ब्याजदरमा रकम दिएको तर पछि उनको बनकट्टीस्थित ९ धुरमा निर्माण भएको दुई तल्ले घर सुशिलकै नाममा पास भएको थियो ।
लक्ष्मीले भनिन्, “सुशीलले १६ महिनासम्म ब्याज लिए, म नियमित खातामा हाल्दै गएँ, अहिले सम्म ११ लाख ५२ हजार रुपैयाँ बुझाइसकेकी छु । तर उनले मलाई जानकारी नदिई घर र जग्गा अर्को नाममा पास गरिदिए।” लक्ष्मीका दाबी अनुसार, घर बिक्रीमा उनको दाइ लक्की बिक समेत संलग्न छन् ।
घरबारविहीन बनेकी लक्ष्मीले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिमा निवेदन दिएपछि समितिले केही समय छलफलमार्फत विवाद मिलाउने प्रयास गरेको थियो । तर सहमति नभएपछि समितिले आज लक्ष्मीको घर अगाडि ब्यानर टाँगेर विरोध जनाएको छ ।
कार्यक्रममा समितिका केन्द्रीय सदस्य रोमन थापाको नेतृत्वमा मन्नु बराल, अमर बहादुर राना, खेमकला बिक, सरिता जैसी, पोमा गिरि लगायतको उपस्थितिमा ब्यानर टाँगिएको थियो ।
यता, सुशील खत्रीले भने लक्ष्मीको घर र जग्गा १८ लाख रुपैयाँमा विधिवत् रूपमा खरिद गरेको दाबी गर्नुभएको छ । “मैले घर किनेको हुँ,” उनले छोटो प्रतिक्रिया दिनुभयो ।
तर लक्ष्मीले तपाइको खातामा प्रत्येक महिना ७२ हजार रुपैयाँ पठाइने कुराबारे प्रश्न गर्दा उहाँले कुनै प्रतिक्रिया दिन सकेनन् ।
लक्की बिकले भने आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। मेरो नाम लिएर मलाई बदनाम गर्न र फसाउन खोजिएको उनले बताए ।
समितिले भने यो घटनालाई वित्तीय शोषणको ज्वलन्त उदाहरण भन्दै आवश्यक छानबिन र कानुनी कारबाहीको माग गरेको छ ।
भिडियो लिकं https://www.facebook.com/share/v/1NfHFqMJVs/
https://www.facebook.com/share/v/1NfHFqMJVs/