Connect with us
Kapilvast Forest

हुम्लामा ३७ लाखको चिनियाँ मदिरा बरामद

२०८२, २३ कार्तिक शनिबारमा प्रकाशित

 हुम्लामा जिल्ला नेपाल प्रहरी कार्यालय हुम्लाले एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ ।

चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाको डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका-३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

नियन्त्रणमा लिएको चिनियाँ मदिराको बजार मूल्य ३७ लाख ६ हजार ५००  रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

७५३ कार्टुनभित्र ९ हजार ३६ बोतल रहेको डिएसपी पोखरेलको भनाइ छ । विशेष सूचनाका आधारमा प्रहरीले जनप्रतिनिधि सुरक्षा, पत्रकारहरूको रोहबरमा छापा हानेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu