Connect with us
Kapilvast Forest

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा राजनीतिक प्रशिक्षण

२०८२, ३० कार्तिक शनिबारमा प्रकाशित

केरसिंह अदै-
राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला समितिको आयोजनामा तत्कालीन राजनीतिक परिस्थिति र जेनेजी आन्दोलन विषयक दुई दिने जिल्ला–स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कार्तिक २८ गते गोरसिङ्गेमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मी राज नेपालीले नेपाल अहिले विदेशी साम्राज्यवादी शक्तिहरुको क्रियास्थल बनेको बताएका छन्।

उनले कांग्रेस, एमाले र माओवादी नेतृत्वको सत्ता सञ्चालनमा देखिएको असफलताका कारण नै जेनेजी आन्दोलन उठेको टिप्पणी गर्दै, “जेनेजी आन्दोलन सही उद्देश्यका साथ प्रारम्भ भए पनि विदेशी शक्ति केन्द्रहरूले यसलाई आफ्ना स्वार्थअनुसार उपयोग गरे,” भन्ने धारणा राखे।

कार्यक्रममा नेकपा मसालले हालै पारित गरेको राजनीतिक प्रस्तावबारे पनि विस्तृत प्रष्टिकरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेलले गरेका थिए। सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार दधिराम आचार्य विशिष्ट अतिथि रहेका थिए।
सञ्चालन पिताम्बर खनालले र स्वागत राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेले गरेका थिए।

दोस्रो दिन : युवा–विद्यार्थीसँग छलफल

कार्तिक २९ गते शिवराज नगरपालिका–६ खरेन्द्रापुरमा आयोजित दोस्रो चरणको प्रशिक्षणमा युवा तथा विद्यार्थीहरूलाई तत्कालीन राजनीतिक परिस्थिति र मसालले पारित राजनीतिक प्रस्तावबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मी राज नेपालीले युवाहरूका जिज्ञासाको जवाफ दिँदै राजनीतिक चेतना, राष्ट्र, राष्ट्रियता र संगठित पार्टी जीवनबारे गहिरो अध्ययन गर्न आग्रह गरे।
उनले भने, “सही सिद्धान्त, मार्गदर्शन र अनुशासन नभए कुनै पनि ठूलो आन्दोलन गलत दिशामा जान सक्छ।”

कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा राजमो शिवराज नगर समिति अध्यक्ष केहरसिंह पुन मगरले गरेका थिए।

सञ्चालन राजमो शिवराज नगर समिति सचिव श्यामप्रकाश खनालले र स्वागत अखिल छैटौंका जिल्ला अध्यक्ष टिना अदैले गरेका थिए।
यस क्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैले मसालले पारित राजनीतिक प्रस्ताव वाचन गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu