Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न, अध्यक्षमा कलवार चयन

२०८२, ५ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिका–६ को उज्योलपुरमा आज राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यता र कमला कोरीको अध्यक्षतामा आयोजित भेलाले पशुपति प्रसाद कलवारको अध्यक्षतामा १७ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ।

समितिमा उपाध्यक्षमा सूर्य बहादुर जिसी, सचिवमा अंगत कोइरी, सह–सचिवमा शिवप्रसाद केवत र कोषाध्यक्षमा सुमित्रा गन्धर्व चयन भएका छन्। सदस्यहरूमा चिनमुन कोरी, भुकुराम थारु, राधिक काहर, लक्ष्मी कलवार, विष्णु परिवार, श्याम दलारी कोरी, टौलेश्वर कुर्मी र सन्दीप काहर रहेका छन्। सल्लाहकारमा पतेस्वरी यादव, केतारे कोरी, चिन्ने कोरी र कमला कोरी रहेका छन्।

भेलामा जिल्ला सचिव केर सिंह अदैले समसामयिक राजनीतिक परिस्थिति, जेन्जी आन्दोलन तथा वर्तमान सरकारबारे राष्ट्रिय जनमोर्चाको धारणा प्रस्तुत गर्दै संगठन सुदृढीकरणमा जोड दिए। सो अवसरमा राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अध्यक्ष गोविन्द परिवारले पनि शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रमको सञ्चालन नव–चयनित अध्यक्ष पशुपति प्रसाद कलवारले गरेका थिए भने स्वागत मन्तव्य चिनमुन कोरीले प्रस्तुत गरेका थिए।

भेलापछि सदस्यता वितरण गरिएको थियो। समितिको पहिलो बैठकले गाउँ–गाउँमा संगठन विस्तार, सदस्यता वितरण तथा गतिविधि सक्रियता बढाउने निर्णय गरेको छ।

गत जेठ महिनामा तत्कालीन वडा अध्यक्ष विनोद कहाँरको जन्डिसका कारण मृत्यु भएपछि अध्यक्ष पद रिक्त रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu