Connect with us
Kapilvast Forest

लुम्बिनी होटल संघको अध्यक्षमा शर्मा चयन

२०८२, ७ मंसिर शनिबारमा प्रकाशित

लुम्बिनी
लुम्बिनी होटल संघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा लिलामणी शर्मा चयन छन् ।
शनिबार भएको अधिवेशनले शर्माको अध्यक्षमा १५ सदस्सीय कार्यसमिति निर्बिरोध चयन गरेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिबमा क्रमशः शेखर कार्की, भुपेन्द्र गुरुङ र टिकाकुमारी कट्टेल चयन भएकी छन् । त्यस्तै सचिब, कोषध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः एकराज कण्डेल, दिपक पंगेनी र धिरज भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यमा पद्मा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दिपेन्द्रलाल बनिया, अशोककुमार गुप्ता, किशोर यादब, अनिलकुमार गुप्ता, रोजन शाक्य र जनकबहादुर सोमईमगर रहेका छन् ।
लुम्बिनी स्थित कासाई होटलमा भएको अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले गरेका थिए । नया योजना, लक्ष्य र रणनीति बनाएर काम गरेर शान्तिकालगि घुम्न जाऔं लुम्बिनी अभियान चलाएर पर्यटन प्रबद्र्धन र ब्यवसायीका हितमा काम गर्न अभियान थाल्ने नया अध्यक्ष लिलामणी शर्माले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu