Connect with us
Kapilvast Forest

३२ वर्षमा २८ सन्तान

२०८२, ९ मंसिर सोमबारमा प्रकाशित

इलाम –

एउटै आमाबाट २८ सन्तान! अहिलेको पुस्तालाई बुढापाकाले सुनाउने दन्त्यकथा जस्तो लाग्छ। तर यो इलाम नगरपालिका-६ मा बस्दै आएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो ।सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, बच्छीमायाले १५ वर्षको उमेरदेखि बर्सेनी लगातार २८ सन्तानलाई जन्म दिइन्। औसत एक वर्ष १४ दिनमा सुत्केरी भएकी उनले ४७ वर्ष उमेरसम्म सन्तान जन्माइन्।

बच्छीमाया र धनप्रसाद अहिले पनि हाँसी हाँसी आफ्नो विगत सुनाउँछन्। ‘कोही सन्तान घाँस काट्न जाँदा जन्मिए, कोही दाउरा बोकेर आउँदै गर्दा जन्मिए, औषधी उपचारको त कुरै थिएन’, बच्छीमाया स्मरण गर्छिन, ‘कुनै दिन पनि डाक्टरसँग जँचाइएन । खोइ एकै दिन कोख खाली भएन, मेरो जीवन त मान्छेकै हो कि जस्तो पनि लाग्छ।’’

१५ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी बच्छीमायाले २०४६ सालमा अन्तिम सन्तानलाई जन्म दिएको स्मरण गर्छन्। तीमध्ये १४ छोरा १४ छोरी थिए।जीवित जन्मिएका २८ सन्तानमध्ये १४ जनाको सानै उमेरमा विभिन्न रोगका कारण ज्यान गएको उनी बताउँछन्। बाँकी रहेका १४ जना छोराछोरीमध्ये पनि तीन महिनाअघि मात्र काँइली छोरी पनि गुमाउनुपर्‍यो।

पाँचथरको रानीटार तमाखे स्थायी निवासी बच्छीमाया र उनका ९३ वर्षीय पति धनप्रसाद वृद्ध हुँदै जाँदा केही वर्षअघि झापातिर झरेका थिए। झापा अधिक गर्मी हुन थालेपछि इलामस्थित कान्छा छोरासँग बस्दै आएका छन् । उनी अहिले पनि राम्रैसँग हिँडडुल गर्दैछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu