Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा आँखा अस्पताल सञ्चालन   

२०८२, १९ मंसिर बिहीबारमा प्रकाशित

शहबाज खान, कपिलवस्तु-

नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगरपालिका–१, कृष्णनगर बजारमा नयाँ व्यवस्थापनसहित ‘आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ ।

स्थानीय तहमा सहज, गुणस्तरीय र सर्वसुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यही मंसिर २० गतेदेखि केन्द्रको नियमित सेवा प्रारम्भ हुने छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

सेवा प्रारम्भसम्बन्धी नेपाल नेत्रज्योति संघका आजीवन सदस्य नसरुल्लाह खान, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, अस्पताल प्रशासन प्रमुख डा.शमशेर थापा, वरिष्ठ प्रशासक जसराजको सहभागितामा सन्चालन हुनेछ ।

विशेषतः मोतीबिन्दु लगायतका जटिल आँखाका रोगहरूको प्रारम्भिक परीक्षण पूर्णरूपमा निशुल्क हुने नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए ।

मंसिर २० देखि मंसिर २६ गतेसम्म निःशुल्क आँखा परीक्षण तथा मोतीबिन्दु रोगी सूचीकृत अभियान सञ्चालन गरिनेछ ।

आवश्यकता अनुसार रोगीलाई बहादुरगञ्ज आँखा अस्पतालमा रेफर गरी सर्जिकल उपचार उपलब्ध गराइने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.शमशेर थापाले बताएका छन् ।

अस्पतालको सूचना अधिकृत बालाराम खड्काले नवसञ्चालित सेवा केन्द्रमार्फत आँखा उपचार, परामर्श सेवा, नियमित परीक्षण तथा आवश्यक सर्जिकल सेवा उपलब्ध हुने बताउनु भयो ।

सेवा तथा कार्यक्रमसम्बन्धी थप विवरणका लागि छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जमा सम्पर्क गर्न सकिने अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu