Connect with us
Kapilvast Forest

प्रचण्ड, ओली र देउवासँग प्रधानमन्त्री कार्की , यो घर तपाईंहरूकै हो, म त न्याय क्षेत्रकी हुँ

२०८२, १२ पुष शनिबारमा प्रकाशित

काठमाडौँ : बालुवाटार बैठकमा तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रयलाई प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफल पार्न सबैको उत्तिकै भूमिका हुने बताएकी छिन्।

आफ्नो निमन्त्रणलाई स्वीकार गरी बालुवाटार आएकामा धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रकी मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’

प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको पनि उनले जानकारी दिएकी छिन्।

प्रधानमन्त्रीले थपिन्, ‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ।’

सरकारले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले भनेजति नै स्रोतसाधनको व्यवस्था गरिएको सुनाइन्।

‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ। अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ’, उनले भनिन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj